संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ का लागि उम्मेदवार छान्यो (सूचिसहित)


 


काठमाडौं, भदौ १३
संघीय समाजवादी फोरम नेपालले प्रदेश नम्बर २ को स्थानीय तहको निर्वाचनका लागि उम्मदेवार चयन गरेको छ । सिराहा, रौतहट, पर्सा, बारा, सप्तरी र धनुषा जिल्लाका लागि उम्मेदवार चयन गरेको हो ।

असोज २ गते तेस्रो चरणमा हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि संघीय फोरमले यी जिल्लाहरुमा उम्मेदवार छनौट गरी नामावली सार्वजनिक गरेको हो ।

पार्टी सचिव अजम्बर राई काङमाङका अनुसार ९० प्रतिशत तहमा उम्मेदवार छान्ने काम सकिएको छ। ‘सर्लाही र महोत्तरीबाहेक अन्य ६ जिल्लामा ९० प्रतिशत उम्मेदवारको टुंगो लगाइएको छ । बाँकीको चयन गर्ने क्रम जारी छ,’ काङमाङले भने ।

केन्द्रीय कार्यसम्पादन समितिको ४० औं बैठकले मेयर, उपमेयर, अध्यक्ष र उपाध्यक्षको नाम चयन गरेको फोरम नेपालले जनाएको छ ।

हेर्नुहोस् उम्मेदवारको सूचि

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्