नेता नेपाल सहभागी कार्यकर्ता भेलामा राजपा कार्यकर्ताद्वारा ढुंगा प्रहार


 



जनकपुर, भदौ १३
जनकपुरमा एमाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुृमार नेपाल सहभागी एमाले कार्यकर्ता भेलामा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका कार्यकर्ताले ढुंगा प्रहार गरेका छन् ।

प्रदेश नम्बर–२ स्तरीय भेलालाई सम्बोधन गर्न जनकपुर पुगेका नेता नेपाललाई लक्षित गरि राजपा कार्यकर्ताले ढुंगा प्रहार गरेका हुन् । एमाले मधेश विरोधी भएको भन्दै नाराबाजी गरेका राजपा कार्यकर्ता र एमाले कार्यकर्ताबीच केहीछिन झडप समेत भएको थियो ।

राजपा कार्यकर्ताले त्यसअघि रामानन्द चोकमा नेता नेपालको गाडीमा ढुंगा प्रहार गर्नुका साथै कालो झण्डासमेत देखाएर अवरोध सृजना गरेका थिए । करिब एक दर्जनको समूहमा आएका राजपा कार्यकर्तालाई प्रहरीले तितरवितर गरेको थियो । कार्यकर्ता भेलामा नेता माधव नेपाल, गोकर्ण विष्ट, शत्रुघन महतोलगायतका नेताहरु सहभागी थिए ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्