यो हो इमानदारिता, रिक्सा चालकले भेटेको ७१ हजार नगद यसरी बुँझाए


 


काठमाडौं, भदौ १३
पुर्वि इलाम घर भई हाल चितवन जुटपानि बस्ने बल्लभ एक्तेन लिम्बूले नारायणगढ बजारमा हराएको नगद ७१ हजार सहित ५ वटा एटीएम कार्ड, २ वटा मोबाईल नागरिकता लगायतका महत्त्वपूर्ण अफिसियल कागजात हराएको भोलिपल्ट फेला पारेका छन् ।

उनले अटो रिक्सामा सामान छाडेको र आफु चढेको अटो रिक्सा समेत भुलेका कारण ठुलो तनावमा परेका थिए । यही भदौ १० गते शनिबार दिउँसो ४ बजेतिर उक्त सामान हराएपछि लिम्बु तनाबमा थिए ।

तर उक्त सामान भने अटो चालक चितवन भरतपुर ११ पुनमचोक निवासी ३४ बर्षिय योगेश सुनुवारले फेला पारेका थिए । अरुकोे सामान यतिधेरै नगद सहित भेटेपछि सुनुवार पनि दोधामा थिए । भेटेको सामान कसको हो भनेर उनी रातभर निदाउन सकेनन् ।

एउटा इमानदार मजदुरले कसैको २ रुपैयाँ पनि सित्तैमा खाँदैन भन्ने ज्वलन्त उदाहरण बनेका उनी भोलिपल्ट सामान हराएका ब्यक्तिको खोजिमा लागे ।

उनको कागजपत्रमा ठेगाना भेट्टाएपछि उनले यो सामान आफुले भेट्टाएको र लिन आउनु भन्ने सन्देश रिक्सा चालक सुनुवारले बताउँदै गर्दा यता लिम्बूले भने पत्याउनै सकेका थिएनन् ।

यति धेरै नगद एउटा मजदुरले आफुले भेट्टाएको र फिर्ता गर्न चाहेको भन्दा पत्याउन सकेनन् लिम्बूले । तर उक्त अटो चालक ब्यक्ति आफै लिम्बूलाई खोज्दै आएर हराएको सामान फिर्ता दिएपछि भने लिम्बू को खुसिको सिमा रहेन ।

लिम्बूले उक्त सामान फिर्ता गर्ने अटो रिक्सा चालक सुनुवारलाई नगद ५ हजार पुरस्कार समेत दिएका छन् । इमानदारिता हराइरहेको समयमा एउटा मजदुरले आफ्नो इमानदारिता र मानवता देखाएको भन्दै लिम्बूले प्रसंसा समेत गरेका छन।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्