सुनको भाउ एकै दिन तोलामा एक हजार बढ्यो


 


काठमाडौं, भदौ १३
नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ तोलामा एकै दिन एक हजार रुपैयाँले बढेको छ । आज सुनको मूल्य प्रतितोला ५६ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला सात सय ७० रुपैयाँ पुगेको छ । हिजो चाँदी बजारमा प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्