सोलुखुम्बुमा तिब्बती शरणार्थीको घरमा आगलागी


 


सोलुखुम्बु, भदौ १३
सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–७ च्याल्सामा आज विहानै आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

तिब्बती शरणार्थी पासाङ डोल्मा शेर्पाको घर आगलागीबाट जलेको हो । घरको भन्छा कोठाबाट आगो सल्किएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

आगो स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको सक्रियतामा झण्डै ३ घण्टापछि नियन्त्रणमा आएको थियो ।
आगलागीबाट झण्डै ११ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्