फेरि फुट्यो मोहन बैद्यको पार्टी, विद्रोहीले गरे नयाँ पार्टी गठन


 



काठमाडौं, भदौ १३
मोहन वैद्य नेतृत्वको नेकपा माओवादी (क्रान्तकारी) बाट विद्रोह गरी एउटा समूहले नयाँ पार्टी गठन गरेको छ ।

असार २५ गते २९ जनाले विद्रोह गरी माओवादी राष्ट्रिय युवा संयोजन समिति गठन गरेका थिए । समितिले सोमबार राष्ट्रिय भेला गरेर ठमानसिंह तमाङको अध्यक्षतामा २९ सदस्यीय केन्द्रीय कार्यसमितिसहित नयाँ पार्टी गठन गरेको हो । अाजको गाेरखापत्रमा खबर छ ।

नयाँ पार्टीको नाम ‘नेपाल माओवादी पार्टी’ राखिएको छ । ‘जुन कारणले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको पार्टीबाट अलग भएको हो सो उद्देश्य वैद्य नेतृत्वको पार्टीले पूरा गर्न नसकेको कारण नयाँ पार्टी गठन गरेको हौँ,’ नेपाल माओवादी पार्टीका वरिष्ठ नेता रामबहादुर बस्नेतले बताउनुभयो । माओवादी पार्टीभित्र धु्रवीकरण गर्ने प्रयास आफूहरूको रहने बताउँदै बस्नेतले माओवादीहरू फुटेर कमजोर भएकाले त्यसलाई जोड्ने काम आफूहरूको हुने बताउनुभयो ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्