अख्तियार लगाएर कुलमान हटाउने खेल, उर्जामन्त्रीकै हात


 


काठमाडौं, भदौ १३

दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् । गत वर्ष भदौ २९ गते चार वर्षका लागि नियुक्त घसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैसाखी टेकेर हटाउन लागिएको छ । आजको नागरिकमा खबर छ ।

लोडसेडिङ सधैंका लागि अन्त्य गरी उज्यालो नेपाल बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीका सम्पत्ति छानबिन गर्न आयोगमा निवेदन दिएको खुलासा भएको छ ।

घिसिङ, राजीव शर्मा, प्रवल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग स्रोतको भनाइ छ । प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण तथा पारिवारिक सम्पत्ति विवरण फारम (१३ पाने) भर्न तल्लीन छन् ।

प्रकाशित मिति: १३ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्