देउवा सरकार ढल्दै, प्रचण्डको समर्थनमा बामदेव प्रधानमन्त्री बन्दै (भिडियो सहित)


 


काठमाडौं, भदौ १२

नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीको तर्फबाट अब बामदेव गौतम प्रधानमन्त्री बन्ने बताएका छन् ।

हिमालयन टेलिभिजनको कार्यक्रम धमलाको हमलामा ऋषि धमलासँग कुरा गर्दै नेता खनालले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको समर्थनमा बामदेब प्रधानमन्त्री बन्ने दाबी गरेका हुन् ।

दशै लगत्तै सरकार परिवर्तन हुन सक्ने संकेत गर्दै नेता खनालले अबको प्रधानमन्त्री बामदेव गौतम हुने बताएका हुन् । नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण, नेपाल भारत सम्बन्ध लगायतका विषयमा कार्यक्रममा खुलेर कुरा गरेका छन् ।

भिडियो हेर्नुहोस्

कार्यक्रममा खनालले प्रधानमन्त्री हुन बामदेबको इच्छा र आफ्नो पनि बामदेव प्रधानमन्त्री भएको देख्ने रहर रहेको बताएका छन् ।

बामदेव धेरै पटक मन्त्री हुनुभयो, उपप्रधानमन्त्री पनि हुनुभयो, राजनीति अनन्त सम्भावनाहरुको खेल हो, धमलासँग खनालले भने ।

नेपाली राजनीतिमा प्रचण्ड र बामदेबको विशेष सम्बन्ध रहदै आएको बताइन्छ ।

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्