संसद बैठक बस्दै : भारत भ्रमणबारे प्रधानमन्त्रीको जवाफ माग्ने एमालेको तयारी


 


काठमाडौं, भदौं १२
व्यवस्थापिका संसदको बैठक आज बस्ने दिउसो १ बजे बस्ने भएको छ । आजको बैठकमा मन्त्रिपरिषद विस्तारको जानकारी दिइने सम्भावित कार्यसूची बनाइएको छ भने अस्थायी शिक्षकको मागका विषयमा बनेको शिक्षा विद्येयक संशोधनमाथि पनि छलफल हुनेछ ।

त्यस्तै, वन मन्त्रालय अन्तरगत बनेको अन्तराष्ट्रिय सन्धीलगायतका विषयमाथि छलफल हुने संसद सचिवालयका सह–प्रवक्ता भरत गौतमले जानकारी दिए ।

त्यस्तै, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भारत भ्रमणका विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाको जवाफ माग गर्ने योजना पनि बनाएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्