काठमाडौंको ताहचलमा ‘ग्याङफाइट’, एक जनाको मृत्यु


 



काठमाडौं, भदौ १२
काठमाडौं ताहचलमा ग्याङफाइट हुँदा एक जनाको मृत्यु भएको छ । बैदेशिक रोजगार कार्यालय रहेको छेउमा पसल राख्ने विषयमा विवाद ग्याङफाइट हुँदा बाफलका राजु भनिने रामबहादुर श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनी बैदेशिक रोजगार कार्यालयमा फाराम भर्न जानेहरुका लागि विमा गर्ने तथा फर्म भन्ने पसल संचालनको तयारीमा थिए । सो विषयमा विवाद भएपछि गत शुक्रबार बेलुका उनको खुकुरी हानेर हत्या भएको प्रहरीले जनाएको छ । घटनामा थप चारजना घाइते भएका छन् ।

ताहचलमा विमाको एजेन्टका रुपमा काम गर्ने ‘खैरे’ नामको एक समूहले श्रेष्ठको हत्या गरेको प्रहरीले जनाएको छ। मृतक परिवारले खैरे समूहका व्यक्तिहरु विरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

प्रकाशित मिति: १२ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्