भोजपुरमा सशस्त्रका सईको भीरबाट लडेर ज्यान गयो


 


भोजपुर, भदौ ११
भोजपुरमा सशस्त्र प्रहरीका नायव निरीक्षक (सई) मृत अवस्थामा फेला परेका छन् । सशस्त्र प्रहरी वेस क्याम्प यूँमा कार्यरत मोरङ उर्लावारीका मनकुमार श्रेष्ठको यूँबाट भोजपुरतर्फ आउँदै गर्दा रामप्रसाद राई गाउँपालिका वडा नं. ५ मा लडेर घटनास्थलमै ज्यान गएको हो ।

सई श्रेष्ठको शव पोष्टमार्टमका लागि आजै धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको  जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ । पोष्टमार्टमपछि शव परिवारको जिम्मा लगाइने प्रहरीको भनाई छ ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्