एनसिएसएस झापाले झापा क्रिकेट लिग गराउने
झापा, भदौ ११
देशैभरी क्रिकेटको क्रेज बढिरहेको देखिन्छ । स्थानीय स्तरका प्रतिभावान खेलाडीलाई अगाडि बढाउने लक्ष्यका साथ एनसिएसएस झापाले आगामी आश्विन २१ गतेबाट झापा क्रिकेट लिग टि २० क्रिकेट प्रतियोगिता सन्चालन गर्ने भएको छ ।
जिल्लाभरीका ७० जना खेलाडीलाइ सहभागी गराइ ५ टिममा बिभाजन गरेर लिग फर्म्याटमा प्रतियोगिता गराउन लागिएको एनसिएसएस झापाका संयोजक विस्वराज गौतमले बताए ।
बिजेता तथा उपबिजेता लाई ट्रफि , प्रमाणपत्र र मेडल प्रदान गरिने छ, साथै बेस्ट बलर बेस्ट ब्याट्स्मेन बेस्ट फिल्डर लाई प्रमाण पत्र साथै ट्रफी प्रदान गरिने आयोजकको भनाइ छ ।
प्रत्येक खेलमा मेनफ द मेच हुने खेलाडीलाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ, प्रतियोगिता बाट उत्कृष्ट १४ खेलाडी छनोट गरी क्रिकेट क्षमता वृद्धिको लागि कुनै माथिल्लो निकायसँग पहल गरी विशेष क्रिकेट खेल सम्बन्धि प्रशिक्षणको ब्यबस्था गरिने संयोजक विश्वराज गौतम बताउँछन।
लिगमा सहभागिताको लागि खेलाडीहरुले निम्न प्रक्रिया पूरा गर्नुर्नुपर्नेछ
१ खेलाडीहरुले ब्यक्तिगत आवेदन फारम भर्नु पर्ने छ, जसको लागि भाद्र १७ देखि २७ को मिति तोकिएको छ ।
२ आवेदन शुल्क रु १००० साथै २ प्रती फोटो र आफ्नो परिचय खुल्ने नागरिकता वा परिचय पत्र को फोटो कपि दिनु पर्ने छ ।
३ जम्मा ७० जना मात्र खेलाडीको फाराम लिइने छ ।
४ प्रतियोगिताको लागि सम्पुर्ण खेलाडीलाई खेल पोसाक आयोजकले ब्यवस्थापन गरिदिने छ ।
५ प्रतियोगितामा सहभागी हुन चाहने खेलाडीले ब्याट हेल्मेट लगायत खेलाडीलाई चाहिने खेलसँग सम्बन्धित सामाग्रीहरु खेलाडी स्वयम्ले ल्याउनु पर्नेछ ।
प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार