राप्रपा (प्रजातान्त्रिक) आयोगमा दर्ता, उपाध्यक्ष र महामन्त्री को–को भए ?


 



काठमाडौं, भदौ ११

राप्रपा फुटाएर अलगै समूह निर्माण गरेका पशुपति शम्शेर राणाले आज औपचारिक रुपमा निर्वाचन आयोगमा राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को नाममा नयाँ दल दर्ता गरेका छन् ।

पार्टी फुटाएर नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएको करिब एक महिनाको अन्तरालमा उनको पार्टी दर्ता भएको हो ।
नयाँ पार्टीको अध्यक्ष राणा आफै छन् भने उपाध्यक्षमा रामचन्द्र राय, दीपक बोहरा र बिक्रम पाण्डे छन् ।

त्यस्तै, ध्रुवबहादुर प्रधान र सुनीलबहादुर थापालाई महामन्त्रीको जिम्मेवारी दिइएको छ । राप्रपा प्रजातान्त्रिकले दल दर्ताका लागि पहिलो पटक सनाखतसहित दल दर्ताको लागि निवेदन दिएको केही समयपत५ि निर्वाचन आयोगले पुनः सनाखत गर्न ताकेता गरेपछि राणाले सर्बोच्चमा रिट हालेका थिए । सर्बोच्चले राणाको पक्षमा फैसला गरेपछि आयोगले दल दर्ता गरेको हो ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्