अमेरिकाको चेतावनीपछि भेनेजुएलाद्वारा सर्वसाधारणलाई सैन्य तालिम


 


भेनेजुएला, भदाै, ११
अमेरिकासँगको तनाव चुलिँदै जाँदा भेनेजुएलाको सरकारले देशभर सैन्य अभ्यास आयोजना गर्दै हजारौँ सर्वसाधारणलाई बन्दुक चलाउन सिकाएको छ।

सरकारले दुई लाख सैनिकहरु र ७ लाख सर्वसाधारण र आवश्यकता अनुसार फौजी जिम्मेवारीमा तैनाथ गर्न सकिने भनिएका व्यक्तिहरु उक्त तालिममा सहभागी भएको जनाएको छ।

संयुक्त राज्य अमेरिकाले निकोलास मडुरोको सरकारमाथि मानवअघिकार उल्लंघनका विषयलाई लिएर दवाव बढाएपछि पछिल्लो सैन्य अभ्यास आयोजना गरिएको हो। राजधानी कारकस र भेनेजुएलाका अन्य शहर तथा नगरहरुमा आधारभूत सैन्य गतिविधिबारे सर्वसाधारणहरुलाई तालिम दिइएको थियो।

राष्ट्रपति मडुरोले आफ्ना जनता साम्राज्यावादीको आक्रमणबाट देशको रक्षा गर्न तयार रहेको बताएका छन्। शुक्रबार अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाविरुद्ध कडा प्रतिबन्धहरु घोषणा गर्दै मडुरो तानाशाह भएको आरोप लगाएका थिए। यसै महिनाको शुरुमा ट्रम्पले भेनेजुएलाको संकटसँग जुध्न सैनिक हस्तक्षेप पनि एउटा विकल्प रहेको बताएका थिए। बीबीसी

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्