राप्रपा (प्रजातान्त्रिक)को बैठक बस्दै, के गर्छ निर्णय ?


 



काठमाडौं, भदौ ११
पशुपति शम्शेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) (राप्रपा)ले आज केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ ।

आयोगमा दल दर्ता भएपछि सरकारमा सहभागीमा, पार्टी संगठन निर्माणलगायतका बारेमा निर्णय लिन राप्रपा प्रजातान्त्रिकको बैठक बस्न लागेको हो ।

आज दिउँसो बस्ने बैठकमा सरकारमा सहभागिताका बारेमा छलफल गर्न सांसदहरूलाई पनि बोलाइएको पार्टी स्रोतले जनाएको छ । राप्रपा प्रजातान्त्रिकले पार्टी विभाजन गर्ने बेला नै सरकारमा सहभागी हुने जनाएको थियो ।

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्