भारतबाट नेपालले कस्ता हतियार किन्छ ?


 



काठमाडौं, भदौ ११
भारतबाट लाइट मेसिन गन (एलएमजी) सर्ट मेसिन गन (एसएमजी) जिपिएमजी, टु इन्च मोर्टार, ५० मिलिमिटर लाइट बम, ८१ मिलिमिटर रकेट लन्चरलगायत हतियार र तिनका गोलीगठ्ठा आउने गरेको छ ।

दोस्रो जनआन्दोलनअघि राजाको प्रत्यक्ष शासनमा रोकिएका यी हतियार तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसादको भ्रमणपछि भारतले नेपाललाई पठाएको थियो । भारतबाट लाइफ ज्याकेट, युद्धकालीन टेलिफोन र तार पनि आउने गरेको छ । ५२५ गजसम्म गोली हान्न २ इन्च मोर्टार पनि भारतबाट आउँछ । युद्धकालमा खरिद गरिएका इन्सास राइफलले काम नगरेपछि भारतबाट यो ल्याउन सेनाले बन्द गरेको छ ।

विगतमा सेनाले भारतबाहेकका मुलुकबाट हतियार किनेको थियो । धर्मपालबरसिंह थापा प्रधानसेनापति हुँदा सेनाले ५० करोडबराबरको कोल्टकमान्डो हतियार ल्याएको थियो । सोही हतियार यतिवेला सेनाको विशेष सुरक्षा फोर्सले प्रयोग गरिरहेको छ । सेनाले शान्ति मिसनमा पठाउने उद्देश्य देखाउँदै अमेरिकाबाट करिब २० हजार एम १६ हतियार ल्याएको थियो । अाजको नयाँ पत्रिकामा खबर छ ।

 

प्रकाशित मिति: ११ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्