जब उनीलाई मुक्तक पठाएँ, अनि मोबाइलको डाटा अफ गरिदिएँ


 


भाग : एक
विवश खड्का ‘सीम’

प्रीय, मुटूकी टुक्रा ‘एस’, छोटो जीवनको लामो सम्झना, सँधै खुशी र सकुशल रहनु यही छ मेरो तिमीलाई शुभकामना ।

तिम्रो यादमा पानी बिनाको माछा तड्पेसरी तड्पेको यो मन, जलनरुपी आत्मा भावबङ्गी मनलाई शान्त्वना दिनको निम्ती तितामिठा शब्दले समुन्द्रको ज्वारभाटा झै उब्जेका मनका बेथा बेदनाहरुलाई आत्मसाथ गर्दौ विश्राम दिन खोजिरहेको छुँ ।

मलाई अहिले धर्तीमा जन्म लिएर गल्ती भएको छ कि झै लागिरहेको छ । जब तिमी म बाटा सैयौं कोष टाढा भएर पनि किन हो किन मेरै समीपमा छौ जस्तो लाग्छ, कस्तो मुर्ख मान्छे रहेछु है म ।

तिम्रो बेवास्ताको बाबजुद पनि तिम्रो भौतिक जीवन र असम्भव प्रेम जालमा आफ्नो भौतिक शरीरलाई सँधै बजारको कठपुतलीझै नचाइरहेँे अनि पानीको वहाव र हावाहुरीको छाँटमा, सदाबहार ।

तिम्रो बिम्बित र मौनतामा निसासिएको अब्बल प्रीत र सोही प्रीत भित्रको गहिराईमा डुबेको यो मन यतिसम्मको गहिराईमा थियो कि जुन सागरको गहिराई मापन गर्ने साधन कसैसंग छैन ।

प्रविधिको विकाससंगै जताततै फैलिएको यो फेसबुक, आइएमओ, ह्वाट्सएपलगायत विविध प्रविधि र दुरसञ्चारको विकाससंगै त्यसैको माध्यम वा सहायताबाट जोडिन पुगेको हाम्रो माया । साथी बनाउन अनुरोधसहित मैले डरै डरले पठाएको ‘फ्रण्ड रिक्वेस्ट’ जुन तिमीले सहजै ‘एसेप्ट’ (स्वीकार) गरेको समय ।

साथी बनेको केही समयसम्म बोलचाल भएन । तिम्रो तस्बीरहरु मात्रै देखिन्थे फेसकुब वालमा । न कमेन्ट र लाइक ।
सहन नसकी एक दिन एक्कासी हाई भन्न पो पुगेछु । भित्र भित्रै डर पनि त्यतिकै लागिरहेको थियो । त्यही बीचमा एक मनले भनिरहेको थियो, ‘रिप्लाई आएपनि ठीक छ नआएपनि ठीक छ ।’ सोच्दा सोच्दै उताबाट जवाफ आयो, जुन जवाफ र त्यसको शैलीले म निकै हर्षित भएँ । उनीमा योग्यता, शिष्टता, शालिनता, धैर्यता, महानता छ भन्नेमा दृढ विश्वासमा थिएँ । उनको जवाफले पनि त्यहि प्रष्ट पार्यो ।

हाम्रो कुराकानी सुरु भयो । तर, उनलाई कसरी सम्बोधन गर्ने भन्नेबारेमा म गम्भीर भएर सोच्न थालेँ । करिब चार÷पाँच मिनेटसम्म म मौन रहेँ । उनको कुनै अर्को केही जवाफ आउँछ कि भन्ने अपेक्षा मेरो थियो । मलाई लाग्यो, ‘उनलाई पनि मेरै जस्तो डर पो लागिरहको पो छ कि ?
उताबाट कुराकानीले निरन्तरता पाउन नसकेपछि मैले बोल्ने आँट गरेँ तर, सम्बोधनमा अलमलिएँ । अब कुनै नयाँ शव्दले कुराकानी सुरुवात गरौं झैँ लाग्यो । तर, मेरो मन चाँही पानी बिना सुख्खा बनेका पहाडका खोलाहरु वर्षायाममा सुसाएजस्तै भयो ।

मलाई एकाग्र पार्दै शब्द चयन गर्नतिर लागेँ । अन्तममा झोक चल्यो । आदरआर्थी शब्द चयन गर्दै सोधेँ, ‘सञ्चै हुनुहुन्छ ?’ तर, मन चाँही एक ठाउँमा थिएन । विभिन्न कुराहरुले मनमा डेरा जमाइरहेको थियो । क्षणभरमै उनले फेसबुक वालमा पोष्ट गरेका तन्दुरुस्त तस्बीर, अवस्था प्ष्ट्याउने स्टाटस थाहा पाउँदा पाउँदै पनि मैले त्यहि शब्द चयन गर्दै ‘सन्चै हुनुहुन्छ’ भनेर सोधेँ ।

मनमा कुरा खेलाइरहेको बेला उताबाट सहज रुपमा प्रतिउत्तर आयो, ‘हजुर सञ्चै छुँ, हजुर नि ?’ मन फुरुङ भयो । लामो स्वाँस फेरेँ । यो जवाफले ग्रीष्मको खडेरी जस्तो भएको मनमा पानीको मुहान फुटे झै भयो ।  यही प्रसंगमा मेल खाने मुक्तक मनमा फुर्यो । जसलाई मैले मनमनै मात्रै सम्झे…

कता–कता यो मन, तिमीतिर डुलेजस्तो
लाग्छ आज, जिन्दगीको नयाँ बाटो खुलेजस्तो ।
उमंगमा नाँचेको छुँ, बहुलाएको कुकुरसरी
उजाड यो मनमुटूमा, सयपत्री फूलेजस्तो ।।

मुक्तक त राम्रै बनेछ । उनीसंगको कुरा रोकेर मुक्त लेख्नतिर लागेँ र ठूलै आँट गरेर उनको इनबक्समा समेत पठाइदिएँ । तर, मनमा डर लाग्यो । बोल्न डराउने मान्छे, केही छिनको कुराकानीमा सिधै मुक्तक ! सोचेँ, रिप्लाई आउँदै गर्ला एकछिन अफलाइन बस्नुपर्छ र पछि हेर्नुपर्छ ।’

डरले मलाई अफलाइनमा बस्न बनायो । डाटाबाट नेट सुविधा लिइरहेको थिएँ । त्यो बेला डाटा अफ गरिदिएँ ।  एकछिन त मैले केही कसुर पो गरेकी झैँ लाग्यो । मनलाई सान्त्वना दिन स्वयम प्रश्नकर्ता र उत्तरदाता बने । कतिपय व्यक्तिहरुले अरुको तस्बीर सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अश्लिल शब्दहरु प्रयोग गर्दा चरित्रहिन व्यक्तिको आत्मग्लानी हुन्न भने जाबो एउटा रचना कसैलाई पठाउँदा यति डर ? मनलाई शान्त पार्न खोजेँ ।

मैले कुनै अपराध गरेको छैन भन्ने कुरा मनन् गर्दै फेरि मोबाइलको डाटा अन गरेँ । उनको प्रतिक्रिया के आउँछ भने कौतुहलता मनमा थियो । त्यो बीचमा अन्य साथीहरुका म्यासेजहरु पनि आएका थिए तर, मैले अरुको वास्ता नगर उनकै म्यासेज खोलेँ । प्रतिउत्तरमा थियो, ‘वाउ,सुन्दर रचना ।’

जुन प्रतिक्रियाले मन हलुंगो भयो । खुशीको सीमा रहेन । एक टुक्रा कागज भन्दा पनि बढी हल्का शरीर भएको महसुस गरे । विस्तारै कुराकानी सुरु हुन थाल्यो निरन्तर…क्रमश :

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्