होटल सञ्चालकले गरे बञ्चराे प्रहार गरी ग्राहकको हत्या !


 


सुर्खेत,  भदौ १०

सदरमुकाम वीरेन्द्रनगरमा एक होटल सञ्चालकले शुक्रबार साँझ ग्राहकको हत्या गरेको आरोप लगाइएको छ ।

वीरेन्द्रनगर–६ शनिहल लाइनमा रहेको मामा–भाञ्जा होटलका सञ्चालक देवीप्रसाद ढकालले कालीकोट तिलागुफा नगरपालिका–११ का रतन शाहीको हत्या गरेको अभियोग छ ।

सोही होटलमै बसेर अध्ययन गर्दै आएका ३२ वर्षीय शाहीको बञ्चराले हानी हत्या गरेर अभियुक्त ढकाल फरार भएकामा प्रहरीले वीरेन्द्रनगरकै गणेश चोकबाट पक्राउ गरेको छ ।

अत्यधिक मादक पदार्थ सेवन गरेका ढकालले शाहीको किन हत्या गरे भन्नेबारे केही नखुलेको जिप्रका सुर्खेतका प्रहरी उपरीक्षक मोहन आचार्यले जानकारी दिनुभयो । यस घटनासँगै यहाँ पछिल्लो दुई हप्तामा तीन जनाको हत्या भएको छ । रासस

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्