उत्तर कोरियाद्वारा तीन क्षेप्यास्त्र प्रहार, अमेरिकाले दियो यस्तो प्रतिक्रिया


 


एजेन्सी, भदौ १०
उत्तर कोरियाले शनिबार बिहानै छोटो दूरीका तीन वटा मिसाइल परीक्षण गरेको छ । चिनियाँ समाचार एजेन्सीहरुकाअनुसार स्थानीय समय अनुसार शनिबार बिहान ६ः४९ मा छोटो दूरीका तीन क्षेयास्त्र परीक्षण गरेको हो ।

दक्षिण कोरियाली अधिकारीहरुका अनुसार उत्तर कोरियाको ग्याङवान प्रान्तबाट प्रहार गरिएको क्षेप्यास्त्र करिब २५० किलोमिटर दूरी पार गरी विस्फोट भएको थियो । अमेरिकी प्यासिफिक कमाण्डका कमाण्डर डेभ बेन्हामले परीक्षण गरिएका मध्ये पहिलो र तेस्रो क्षेप्यास्त्र विफल भएको र दोस्रो क्षेप्यास्त्र मात्रै विस्फोट भएको दावी गरेका छन् ।

केही दिनदेखि अमेरिकी र दक्षिण कोरियाली सेनाले संयुक्त सैन्य अभ्यास गरिरहेका छन् । यसलाई उत्तर कोरियाले आफूलाई उक्साउन गरिएको गतिविधिको संज्ञा दिई विरोध जनाइरहेको छ । अमेरिकाको सैन्य अधार क्षेत्र गुआममा आक्रमण गर्ने चेतावनी दिदै आएको उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाली सेनाको गतिविधिको निगरानी गरिरहेको जनाएको छ । अमेरिकी सेनाले भने उत्तर कोरियाले हाल परीक्षण गरेको क्षेप्यास्त्रले गुआमका लागि खतरा नरहेको बताएको छ ।

प्रकाशित मिति: १० भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्