बंगलादेशलाई पराजित गर्दे नेपाल साफ यू–१५ च्याम्पियनसिपको फाइनल प्रवेश


 


काठमाडौं, भदौ ९

साफ यू १५ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले बंगलादेशलाई पराजित गरेको छ । नेपाल ४–२ को जितसँगै फाइनल प्रवेश गरेको हो ।

पहिलो हाफमा २–० को अग्रता लिएको नेपालका लागि सुरुआती दुवै गोल आकाश बुढामगरले गरे । १८ औं मिनेटमा बंगलादेशका डिफेन्डरले क्लियर गर्न नसकेको बलमा आकाशले गोल गर्दै नेपाललाई अग्रता दिलाए ।

३०औं मिनेटमा डिफेन्स र गोलरक्षकको गल्तीको फाइदा उठाउँदै आकाशले दोस्रो गोल गरे । दोस्रो हाफको ६५औं मिनेटमा नेपाल फेरी भाग्यमानी सावित भयो ।

नजमुल विश्वासले आत्मघाती गोल गरेपछि नेपालले ३–० को अग्रता लियो । ७३औं मिनेटमा बंगलादेशले गोल गर्यो । बंगलादेशका लागि फोयसल अहमद फहिमले गोल गरे । त्यसको एक मिनेट नबित्दै बंगलादेशले दोस्रो गोल गर्यो ।

अन्तिम समयमा बंगला देशले नेपालमाथि दबाब राखे पनि थप गोल गर्न सकेन । नेपालका लागि खेलको अन्तिम समयमा विर्जेश चौधरीले गोल गरे । नेपालले आइतबार फाइनल खेल्नेछ ।

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्