इम्बोस्ड नम्बर प्लेट : कुन निकायको सवारीमा कस्तो नम्बर प्लेट ?


 



काठमाडौं, भदौ ९
यातायात व्यवस्था विभागले सवारी सधानलाई उच्च प्रविधि युक्त बनाउन इम्बास्ड नम्बर प्लेट जडान प्रक्रिया सुरु गरेको छ । जुन प्रक्रिया आजैदेखि बाग्मती अञ्चलबाट सुरु भएकाृ छ ।

यो प्रणाली लागू भएपछि पनि विभिन्न निकाय तथा क्षेत्रमा प्रयोग हुने सवारीको नम्बर प्लेटको रंङ्ग पनि फरक हुनेछ । जुन यसअघि पनि थियो ।

नयाँ प्रणालीअनुसार सरकारी सवारीसाधनमा सेतो प्लेटमा रातो अक्षर र अंक तथा निजी सवारीमा सेतो प्लेटमा कालो अक्षर र अंक हुनेछन् ।

कूटनीतिक सवारीसाधनका लागि सेतो प्लेटमा निलो अक्षर र अंक हुनेछ । राष्ट्रपतिको सवारीका लागि पनि छुट्टै प्लेटको ब्यवस्था गरिएको जनाइएको छ । अहिले सुरुमा सरकारी सवारी साधनमा नम्बर प्लेट जडान प्रक्रिया सुरु भएको छ ।

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्