सुनको मूल्य कति छ आज ?


 



काठमाडौं, भदौ ९
बजारमा सुनको मूल्य दुई दिनदेखि स्थिर छ । आज पनि सुन प्रतितोला ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ । दुई दिनअघि सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य पनि आज तोलामा पाँच रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा काराेबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्