सवारी साधानको डिजिटल नम्बर प्लेट दर्ता अाजदेखि


 



काठमाडौं, भदौ ९
यातायात व्यवस्था विभागले आजदेखि सवारी साधानको डिजिटल नम्बर प्लेट (इम्वोस्ड) दर्ता प्रकृया सुरु गरेको छ। विभागले सबैभन्दा अगाडि बागमती यातायात कार्यालयबाट दर्ता प्रकृया सुरु गर्दैछ ।

पहिलो चरणमा भने सरकारी गाडीहरुमामा नम्बर जडान गरिनेछ । देशमा विभागको तथ्याङक अनुसार लगभग ४० हजार सरकारी गाडीहरु छन्। त्यसपछि क्रमश अन्य गाडीहरुमा ५ बर्षभित्रमा कार्यान्वयनमा ल्याउने लक्ष्य राखिएको विभागले जनाएको छ। सरकारले बजेटमा पनि ५ बर्षभित्रमा देशभरिका सबै सवारीसाधनमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा ल्याउने लक्ष्य राखेको छ।

यसअघि भदौ ५ गते सोमबार यातायात मन्त्री वीरबहादुर बलायरले इम्बोस्ड नम्बर प्लेटको औपचारिक उद्धघाटन गरेका थिए। यो नम्बर प्लेट जडान गर्न मोटरसाइकलका लागि २५ सय, तीन पाङग्रे सवारीका लागि २९ सय रुपैयाँ तोकिएको छ।

चारपाङग्रेका लागि ३२ सय रुपैयाँ तथा हेभी सवारीसाधनका लागि ३६ सय रुपैयाँ तोकिएको छ। यो नम्वर प्लेट एकपटक जडान गरिसकेपछि निकाल्न मिल्दैन।

 

प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्