ब्राजिलको डुङ्गा दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ४१ पुग्यो
ब्राजिल, भदौ ९
ब्राजिलमा भएका दुई भिन्नाभिन्नै डुङ्गा दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ४१ पुगेको सुरक्षा अधिकारीले बताएका छन् ।
उत्तर मध्य क्षेत्रीय राज्य पाराको क्षेत्रीय सुरक्षा विभागले दिएको जानकारी अनुसार सिङ्गु नदीमा भएको डुङ्गा दुर्घटनामा १९ जनाको मृत्यु भएको छ ।
त्यस्तै ब्राजिलको नौसेनाले एएफपीलाई दिएको जानकारी अनुसार बाहिया राज्यमा भएको अर्को एक दुघटनामा २२ जनाको मृत्यु भएको छ । रासस/सिन्ह्वा
प्रकाशित मिति: ९ भाद्र २०७४, शुक्रबार