सिडिओहरुको सरुवा, को कहाँ पुगे ? (सूचिसहित)


 


काठमाडौँ, भदौ ८

गृह मन्त्रालयले ४४ प्रजिअको सरुवा गरेको छ । मन्त्रालयले १३ राजपत्राङ्कित प्रथम तह र ३१ द्वितीय तहका कर्मचारीको आज सरुवा गरेको हो ।

सोअनुसार सहसचिव चक्रबहादुर बुढा मकवानपुर, आशमान तामाङ सिन्धुपाल्चोक, सीताराम कार्की सुर्खेत, नारायणप्रसाद भट्टराई बर्दिया, महादेव पन्थ ललितपुर, विष्णु पोखरेल इलाम र विष्णुबहादुर थापा बागलुङमा प्रजिअका रुपमा सरुवा हुनुभएको छ ।

यस्तै चन्द्रमान श्रेष्ठलाई उदयपुर, हरिशरण पुडासैनीलाई गृहमन्त्रालयअन्तर्गत व्यवस्थापन महाशाखा, मदन भुजेललाई कपिलवस्तु, विष्णुप्रसाद ढकाललाई प्रहरी किताबखाना र नारायणप्रसाद दुवाडीलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

भोजपुरमा अध्ययागमन कार्यालयका चेतराज बराल प्रजिअ भएर गएका छन् भने भोजपुरकी गोमादेवी चेम्जोङको अध्यागमन कार्यालयमा काज सरुवा भएको छ ।

पुरा सूचि यहाँ क्लिक गरेर हेर्नुहोस्

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्