नेपाल भारतबीच आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर


 



काठमाडौं, भदौ ८
नेपाल र भारतबीच विभिन्न आठ बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा रहेका बेला विहीबार नयाँ दिल्लीमा भएको प्रतिनिधि मण्डलस्तरीय वार्तापछि नेपाल र भारतका प्रधानमन्त्रीको उपस्थितिमा हैदरावाद हाउसमा महत्पूर्ण आठ बुँदामा हस्ताक्षर भएको हो ।

हस्ताक्षर भएका आठमध्ये ४ पूनर्निर्माणसंग सम्बन्धित छन भने अर्को चारवटा स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ । पुनर्निर्माण सम्बन्धि बुँदामा भूकम्पपछि भारतले नेपाललाई दिने भनेको सहयोग सँग सम्बन्धित छन् ।

त्यस्तै अर्को एमओयु शैक्षिक क्षेत्रमा भूकम्पपछि पुननिर्माणको रहेको छ भने बाँकी दुईवटा सांस्कृतिक सम्पदा र शिक्षा क्षेत्रसँग सम्बन्धित छन् । पाँचौँ एमओयु मेची नदीमा बनाउने फराकिलो पुलबारे रहेको छ भने छैटौँ एमओयु लागू औषधको व्यापार रोक्ने विषयमा रहेको छ ।

यस्तै सातौँ एमओयु स्ट्यान्डराइजेसन एन्ड कन्फर्मिटी एसेसमेन्टमा सहयोग सम्झौता सम्बन्धी छ भने आठौँ बुँदामा दुई देशका चार्टर एकाउन्टेन्ट इन्स्टिच्युटबारे सम्बन्धित छ ।

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्