यमनको एक होटलमा हवाई कारबाही, ३५ को मृत्यु
साना, भदौ ७
यमनको राजधानीमा रहेको एउटा होटलमा बुधबार भएको हवाई आक्रमणमा परी मर्नेको सङ्ख्या ३५ पुगेको छ । आक्रमणमा मारिएका सवै सामान्य नागरिक रहेका बताइएको छ ।
अमेरिका नेतृत्वको हवाई सेनाले बुधबार विहानै आक्रमण गरेको सुरक्षा अधिकारीहरुलाई उद्धृत गर्दै सिन्ह्वाले जनाएको छ । आक्रमण भएको होटल अर्बाह जिल्लाको बाईट अल इदहार क्षेत्रमा रहेको छ ।
सरकारी अधिकारीहरुले अहिले सम्म ३५ जनाको शव भेटिएको र खोजी कार्य जारी रहेकाले मृत्यु हुनेहरुको संख्या बढ्न सक्ने बताएका छन् । मारिने मध्ये सवै पुरुष रहेका छन् ।
यमनी सरकारलाई समर्थन गर्दै आएका साउदी अरेबियाआवद्व संयुक्त गठबन्धनले सन् २०१५ को मार्च देखि सुरु गरेको श्रीङ्खलबद्ध आक्रमण मध्येको यो नागरिकहरु माथिको पछिल्लो हवाई आक्रमण हो ।
साउदी अरबको समर्थन रहेको यमन सरकार र इरानको समर्थन रहेको हुथी विद्रोहीबीच सन् २०१५ बाट जारी युद्धमा हालसम्म आठ हजार ३०० भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ ।
यमनमा हालका दिनहरुमा साउदी अरेबियाआवद्ध हवाई कारबाही बारम्बार हुने गरेको पाइन्छ । यस्ता कारबाहीहरु निर्दोष सर्वसाधारण ज्यान गुमाउने क्रम पनि जारी रहेको छ ।
गत जुनमा उत्तरी यमनको बजार इलाकामा भएको हवाई कारबाहीमा परी २४ सर्वसाधारण मारिएका थिए । रासस÷सिन्ह्वा
प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार