कति छ आज सुनको मूल्य ?


 



काठमाडौं, भदौ ८
नेपाली बजारमा आज (विहिबार) सुनको मूल्य स्थिर छ । आज पनि सुन प्रतितोला ५५ हजार ४ रुपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य हिजो मात्रै तोलामा एक सय रुपैयाँले घटेको थियो ।

सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले बृद्धि भएको छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्