गुलरिया क्रिकेट मैदानलाई प्रदेश स्तरीय बनाइने


 



घोराही, भदौ ८

घोराही उपमहानगरपालिकाले गुलरियामा रहेको क्रिकेट मैदानलाई प्रदेश स्तरीय मैदानका रुपमा विकास गर्न अाफ्नाे नीति तथा कार्यक्रममै समावेश गरेकाे छ ।

उपमहानगरपालिकाको पहिलो नगरसभाबाट सो मैदानलाई प्रदेश स्तरीय बनाउन नीति तथा कार्यक्रममा समावेश कर्य भएको हाे । युवा तथा खेलकुद विकाश तर्फ क्रिकेट खेलको विकाशका लागि मैदानलाई प्रदेश स्तरीयका रुपमा अगाडी बढाउने प्रक्रिया पनि थालेको छ ।

साथै सभाले क्रिकेट खेललाई प्रोत्साहित गर्न क्रिकेट एकेडेमीको कार्यलगायत सहभागिताका आधारमा अघि बढाउने गरि योजना तयार पारिएको छ ।

साथै नगरले घोराहीमा राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्ने फुटबल मैदानसंगै प्रत्येक वडामा एक एक खेल मैदान बनाउन पनि योजना बनाएको छ ।

प्रकाशित मिति: ८ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्