सुनको भाउ तोलामा एक सय रुपैयाँ घट्यो


 



काठमाडौं, भदौ ७
आज सुन तोलामा एक सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहकेो छ । हिजो प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला सात सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति: ७ भाद्र २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्