मन्त्रिमण्डल विस्तार : कांग्रेसबाट १२ राज्यमन्त्री थपिए, कसलाई कुन मन्त्रालय ?


 


काठमाडौं, भदौ ६

प्रधानमन्त्री शेरबहादुर देउवाले अाज नेपाली कांग्रेसको तर्फबाट मन्त्रिमण्डलमा १२ राज्यमन्त्री थपेका छन् । नवनियुक्त राज्यमन्त्रीहरुलाई प्रधानमन्त्री देउवाले पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् ।

सरिता प्रसाईंलाई कृषि बिकास, अमरसिंह पुनलाई सिचाइ, तेजुलाल चौधरीलाई युवा तथा खेलकुद, दिलमान पाख्रिनलाई कानुन, अब्दुल रज्जाकलाई खानेपानी तथा सरसफाइ, शेषनाथ अधिकारीलाई शिक्षा, सीता गुरुङलाई भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ।

त्यस्तै, नरबहादुर चन्दलाई वाणिज्य, तप्तबहादुर बिष्टलाई सूचना तथा सञ्चार, उदय शमशेर राणालाई अर्थ, डिल्लीबहादुर चौधरीलाई श्रम तथा रोजगार र चम्पादेबी खड्कालाई सहकारी तथा गरिबि निवारण राज्यमन्त्रीकाे जिम्मेवारी दिइएकाे छ ।

 

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्