सुनको मूल्य बढ्यो, कति छ आज ?


 



काठमाडौं, भदौ ६
दुई दिनसम्म स्थिर रहको सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो सुन प्रतितोला ५५ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो चाँदी तोलाको सात सय ५० रुपैयाँ थियो ।

प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार

प्रतिक्रिया दिनुहोस्