बाढीबाट ज्यान जोगाएका बाढीपीडित मराउ ट्याक्टरबाट किचिए
बाँके, भदौ ६
बाँके जिल्लामा सडकको छेउमा सुतिरहेको अवस्थामा एकजना बाढीपीडितको ट्र्याक्टरले किचेर मृत्यु भएको छ ।
जिल्लाको नरैनापुर गाउँपालिका वडा नं ६ स्थित गंगापुरका ५५ वर्षीय रामखेलावन मुराउलाई सोमबार बिहान ट्र्याक्टरले किचेको प्रहरीले जनाएको छ ।
घाइते मुराउको उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई बाढीपीडितका लागि राहत सामग्री बोकेको भे १ त ७४४२ नंको ट्र्याक्टरले किचेको थियो । रासस
प्रकाशित मिति: ६ भाद्र २०७४, मंगलबार