पत्रकार महासंघको निर्वाचन : मतदान सकियो, कसले मार्ला बाजी ?


 



काठमाडौं, भदौ ५
आइतबारदेखि काठमाडौंमा सुरु भएको नेपाल पत्रकार महासंघको २५ औं महाअधिवेशन अन्तर्गत आज मतदान सम्पन्न भएको छ ।

काठमाडौं, कमलादीस्थित प्रज्ञा भवनमा सम्पन्न मतदानमा १ हजार ४ सय ४९ मत खसेको छ । मत गणनाकार्य केही बेरमा सुरु हुने जनाइएको छ ।

महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। महासंघको नेतृत्वका लागि नेपाल प्रेस युनियन, प्रेस सेन्टर र प्रगतिशील पत्रकार संघ गठबन्धन गरेर चुनावी मैदानमा उत्रिएका छन् भने प्रेस चौतारी नेपाल र विप्लव नेतृत्वको पार्टी निकट पत्रकारको संगठनबीच पनि गठबन्धन भएको छ।

महासङ्घको नयाँ नेतृत्वका लागि तीर्थ कोइराला, गोविन्द आचार्य, उजिर मगर, इन्द्र राउत र भावना प्रतिस्पर्धामा छन् । चुनावी माहोल हेर्दा नेतृत्वका लागि कोइराला र आचार्यबीच तीब्र प्रतिशपर्धा हुने देखिएको छ । महाधिवेशनले ४५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्