सात डीआईजीको सरुवा र २५ एसएसपीको पदस्थापना, को कहाँ परे ?


 



काठमाडौं, भदौ ५
प्रहरी प्रधान कार्यालयले एआईजीको पदस्थापनसंगै सात डीआईजीको सरुवासहित १५ डीआईजी र २५ एसएसपीको पदस्थापन पनि गरेको छ।

प्रहरीले जारी गरेको सूचनाअनुसार यसअघि आइजीपीको दोडमा रहेर पनि एआईजीमा समेत बढुवा हुन नसकेका डीआईजी नवराज सिलवाललाई राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा सरुवा गरिएको छ ।

त्यस्तै, डीआईजी सुदीप आचार्य ट्राफिक निर्देशनालय, केदारमानसिंह भण्डारी जुनिय प्रहरी अधिकृत शिक्षालय भरतपुर, रमेशकुमार भट्टराई मानवस्रोत विभाग, गणेश केसी महानगरीयक प्रहरी कार्यालय, मधु पुडासैनी कार्यविभाग र रोमेन्द्र सिंह देउजा अपराध अनुसन्धान विभागमा सुरुवा गरिएको छ ।

त्यसैगरि भर्खरै डीआईजीमा बढुवा गरिएका १५ जना डीआईजीको समेत पदस्थापना समेत भएको छ। एक नम्बरमा डीआईजीमा बढुवा भएका सर्वेन्द्र खनाल ट्राफिक महाशाखा, रमेश खरेल सुरक्षा सेवा निर्देशनालय, पुष्कर कार्की सिआईबी प्रमुख, उत्तमकुमार कार्की अख्तियारको रुपमा पदस्थापन भएका छन् ।

भोगबहादुर थापा प्रदेश प्रहरी कार्यालय, प्रदेश नं.३, पुष्कलराज रेग्मी महिला तथा बालबालिका सेवा निर्देशनालय र पवन खरेललाई प्रबन्ध विभागको प्रमुखमा पदस्थापन भएका छन् ।

डीआईजीहरु छविलाल जोशी प्रहरी प्रशिक्षण प्रतिष्ठान, मनोज न्यौपाने आईजपीको सचिवालय, ज्ञानविक्रम शाह प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर १, ठुले राई लागु औषध नियन्त्रण ब्युरो, शरद चन्द प्रदेश प्रहरी कार्यालय, प्रदेश नम्बर ७, धीरु बस्नेत अपराध अनुसन्धान विद्यालय, पुष्पचन्द्र रंजित प्रदेश प्रहरी कार्यालय,प्रदेश नम्बर ४ र सुरेशविक्रम शाहको प्रदेश प्रहरी कार्यालय प्रदेश नम्बर ६ मा सरुवा भएको छ।

२५ एसएसपीको पदस्थापन
प्ररही प्रधान कार्यालयले २५ एसएसपीको पदस्थापन गरेका छ । त्यस्तै, महानगरीय अपराध महाशाखामा रहेका एसएसपी दिनेश अमात्यलाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरिएको छ ।

 

प्रकाशित मिति: ५ भाद्र २०७४, सोमबार

प्रतिक्रिया दिनुहोस्