कथाकार हरिहर खनालका दुई कृति सार्वजनिक


 


काठमाडौँ, भदौ ४

कथाकार हरिहर खनालका दुई कृति सार्वजनिक भएका छन् । उहाँको ‘नेपाली भाषामा चिठीपत्रमा हरिहर खनाल’ र अंग्रेजीमा अनुदित कथाको संगालो ‘गोल्डेन ड्रिम एण्ड द ल्यारो ल्यान’ शनिबार लोकार्पित भएको हो ।

समालोचक प्रा राजेन्द्र सुवेदीले अन्य व्यक्तिद्वारा लेखिएका पत्रको संगालो प्रकाशमा आउनुले इतिहासका धेरै पक्ष उजागर हुने बताउनुभयो ।

त्रिवि अंग्रेजी विभागका प्रमुख प्रा डा अम्मराज जोशीले विश्वसाहित्यको तुलनामा नेपाली साहित्यको विकास धेरै माथि र धेरै तल नभएको बताउँदै नेपाली साहित्यबारे अन्य भाषाभाषीलाई जानकारी दिन अनुवादले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ सहित्यकार आनन्ददेव भट्ट र निनु चापागार्इंले खनालको साहित्यिक व्यक्तित्वबारे प्रकाश पार्नुभएको थियो । रासस

प्रकाशित मिति: ४ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्