नेपाल पत्रकार महासंघको महाधिवेशन आजदेखि, नेतृत्वका लागि चार जना मैदानमा


 



काठमाडौं, भदौ ४

नेपाल पत्रकार महासंघको २५औँ महाधिवेशन आजदेखि सुरु हुँदै छ । महासंघको नयाँ नेतृत्व चयनका लागि आइतबार उद्घाटन हुने महाधिवेशनले सोमबारसम्म नयाँ नेतृत्व चुन्ने छ ।

महासंघको नयाँ नेतृत्वका लागि चारजना अध्यक्षले उम्मेदवारी घोषणा गरेका छन् ।

प्रेस चौतारीसहित चार संगठनको तर्फबाट तीर्थ कोइराला प्रेस सेन्टर र प्रेस युनियनसहित तीन संगठनका तर्फबाट गोविन्द आचार्य नयाँ नेतृत्वका लागि चुनावी मैदानमा होमिएका छन् । त्यस्तै, स्वतन्त्र रूपमा उजिर मगर र इन्द्र रावतले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् ।

कोइराला नेतृत्वको प्यानलबाट खुला उपाध्यक्षमा मात्रिका पौडेल, महासचिवमा बालकृष्ण बस्नेत, कोषाध्यक्षमा खगेन्द्र पन्त र सचिवमा रुद्र भट्टले उम्मेदवारी दिने भएका छन् ।

त्यस्तै, आचार्यको प्यानलबाट खुला उपाध्यक्षमा विपुल पोखरेल, महासचिवमा रमेश विष्ट, कोषाध्यक्षमा राजेश मिश्र र सचिवमा रामप्रसाद दाहाललगायतले पदाधिकारीमा उम्मेदवारी घोषणा गरेका छन् ।

प्रकाशित मिति: ४ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्