नयाँ शक्ति छोडेका नेताहरुको यस्तो छ तयारी माओबादीतिरै फर्किने


 


काठमाडौं, भदौ ४

नयाँ शक्तिबाट बाहिरिएका देवेन्द्र पौडेलसहितका नेताले मूल पार्टी माओवादी केन्द्रमै फर्किने तयारी गरेका छन्।

माओवादीमा फर्किने निर्णयका लागि उनीहरूले ६ भदौमा राष्ट्रिय भेला बोलाएका छन्। उक्त भेलाबाट बाबुराम नेतृत्वको नयाँ शक्ति पार्टी छाड्नुपर्नाको कारणसहित नयाँ ध्रुवीकरणको आवश्यकताका विषय समेटिएको घोषणापत्र पारित गर्ने र त्यसपछि माओवादी केन्द्रसँग एकता गर्ने कार्यसूची उनीहरूले बनाएका छन्।

राष्ट्रिय भेलाअगाडि नै माओवादीसँग एकताको सैद्धान्तिक आधार तयार पार्न र संगठनात्मक संरचनामा सहमति जुटाउन दुवै पक्ष सम्मिलित वार्ता टोलीबीच छलफल भइरहेको छ। दुवै पक्षले वार्ता टोली नै गठन गरेर शनिबार एकताका आधार तयार गर्न छलफल गरेका छन्।

बालुवाटारस्थित ‘नेपाल हाउस’ मा दुवै पक्षबीच भएको छलफलले आगामी साताभित्रै पार्टी एकता गर्ने गरी एकताका सैद्धान्तिक आधारबारे छलफल गरेको नेता वामदेव क्षत्रीले जानकारी दिए । ‘हामी वार्ताकै क्रममा छौं, केही सैद्धान्तिक विषयमा छलफल चलिरहेको छ। अाजको अन्नपूर्णमा खबर छ ।

प्रकाशित मिति: ४ भाद्र २०७४, आइतबार

प्रतिक्रिया दिनुहोस्