एथलेटिक्स प्रशिक्षक रञ्जीतको निधन


 


पोखरा, भदौ ३

एथलेटिक्सका प्रशिक्षक एभानकुमार रञ्जीतको आज बिहान ४५ वर्षका उमेरमा निधन भएको छ ।

केही दिनदेखि निमोनियाका कारण सख्त बिरामी परेका रञ्जीतको पोखराको फूलबारीस्थित मणिपाल शिक्षण अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा निधन भएको हो । खेलकुद क्षेत्रमा अत्यन्तै क्रियाशील रञ्जीत एथलेटिक्स संघ कास्कीको कार्यसमिति सदस्य तथा तथा एभान ट्रेनिङ सेन्टरका सञ्चालकसमेत थिए। उनका श्रीमती र एक छोरा छन् । रासस

प्रकाशित मिति: ३ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्