शनिबार देशैभर वर्षा हुने, के भन्छ जल तथा मौसम विज्ञान विभाग ?


 



काठमाडाैं, भदाै २
जल तथा मौसम विज्ञान विभाग पूर्व अनुमान महाशाखाका अनुसार शनिबार देशैभर हल्का वर्ष हुने भएको छ । शनिबार देशभर सामान्य वर्षा हुन सक्ने महाशाखाका मौसमविद् शान्ति कँडेलले बताइन् । ‘यस्तो खालको वर्षा कतै धेरै कतै थोरै खालको हुन्छ । अाजको नयाँ पत्रिकामा खबर छ ।

तर, शनिबार भारी वर्षा हुने सम्भावना छैन,’ उनले भनिन् । बंगलको खाडीबाट सामान्य जलवाष्प आएकाले हल्का वर्षा मात्र हुने देखिएको उनले स्पष्ट पारिन् । शुक्रबार बेलुकासम्मको तथ्यांकअनुसार सबैभन्दा धेरै वर्षा विराटनगरमा ३८ दशमलव ४ मिलिमिटर भएको छ ।

प्रकाशित मिति: ३ भाद्र २०७४, शनिबार

प्रतिक्रिया दिनुहोस्