नयाँ शक्ति फुटको संघारमा, पौडेलको नेतृत्वमा ध्रुविकरण समिति बन्यो


 


काठमाडौं, भदौ २

नयाँ शक्ति नेपालको नेतृत्वप्रति असन्तुष्टि राख्दै फरकमत बुझाएका देवेन्द्र पौडेलको नेतृत्वमा असुन्तुष्ट नेताहरुसहितको बृहत ध्रुविकरण केन्द्रीय संयोजन समिति गठन गरिएको छ।

केही दिनअघि पत्रकार सम्मेलन गरेर असन्तुष्ट नेताहरुले बृहत ध्रुविकरणको आह्वान गरेका गरेका थिए । त्यसपश्चात संयोजक भट्टराईले उनीहरुलाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए ।

ध्रुविकरण समितिमा बामदेव क्षेत्री, कुमार पौडेल, महेन्द्र पासवान, मुक्ति प्रधान, पासाङ शेर्पा, सुशीला श्रीपाली, वलालाती शर्मा, तिलक थापा, अमरध्वज लामा, वाहीद अन्सारी, हरि चौलागाईँ, शर्मिली तामाङ, रत्न राना र सविन्द्र सुनुवार रहेका छन् ।

स्पष्टिकरण सोधेको केही दिनमै पौडेलसहितका असन्तुष्ट नेताहरुले धु्रविकरण समिति गठन गरेका हुन् । असन्तुष्ट पक्षधरहरुले हिजो गरेको निर्णअनुसार समिति गठन गर्दै जिम्मेवारी समेत बाँडफाँ गरिएको छ ।

समितिले निकट भविष्यमै राष्ट्रिय भेलाको आयोजना गरि नयाँ शक्ति नेपालको राजनैतिक कार्यदिशा सहितको प्रतिवेदन र घोषणा पत्र जारी गरिने प्रतिबद्धता जनाइएको छ ।

 

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्