सुनको मूल्य कति छ आज ?


 



काठमाडौं, भदौ २
नेपाली बजारमा आज सुनको मूल्य यथावत छ । आज पनि सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँमै कारोबार भइरहेको छ । हिजो (विहीबार) मात्रै सुन तोलामा पाँच सय रुपैयाँले बढेको थियो ।

सुनको मूल्य यथावत रहँदा आज चाँदीको मूल्य भने तोलामा पाँच रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला सात सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मात्रै चाँदी तोलामा १५ रुपैयाँले बढेर सात सय ६० रुपैयाँ पुगेको थियो । तर, आज फेरि मूल्य घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्