वाईसीएलको राष्ट्रिय सम्मेलन आजदेखि, को–को छन् नेतृत्वको दाबेदार ?


 



काठमाडौं, भदौ २
माओवादी केन्द्रको युवा संगठन वाईसीएल नेपालको एकताको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ । सम्मेलनको माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उदघाटन गर्ने कार्यक्रम छ।

वाइसिएलले सकेसम्म समहमतीमै नयाँ नेतृत्व चयन गर्ने प्रयास गरेको वाईसीएलका महासचिव रामप्रसाद सापकोटाले जानकारी दिए ।
बन्दसत्रमा ५७० जना प्रतिनिधिको सहभागिता रहने वाईसीएलले जनाएको छ । सम्मेलनबाट १७ सदयस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय समिति चयन हुनेछ ।

सयपटक नेतृत्वका लागि अध्यक्ष पदमा दिपशिखा र लक्ष्मी चौलागाईं ‘शैलेन्द्र’ मुख्य दाबेदार छन् । सिन्धुपाल्चोक निवासी दिपशिखा हाल वाईसीएलको महासचिव छन् भने कालिकोट निवासी चौलागाईं उपाध्यक्ष छन् ।

यसैगरी महासचिवमा सुवोधराज शेर्पाली र सुमन देवकोटा मुख्य दाबेदार छन् ।सम्मेलनले अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक–एक जनासहित उपाध्यक्ष ३ जना चयन गर्नेछ । यस्तै सचिव ११ जना चयन हुनेछन् ।

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्