बार्सिलोनामा आतंकबादी आक्रमण : १३ को मृत्यु, आईसआईसले लियो जिम्मेवारी


 



बार्सिलोना (एजेन्सी)
बार्सिलोना सहरमा विहीबार आतंकबादी हमला भएको छ । निकै तिब्र गतिमा आएको कार सिधै मानिस जम्मा भएको ठाउँमा जोतियो । त्यसक्रममा केही मानिसको कुल्चिएर मृत्यु भयो भने कैयौं घाइते भए ।

स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार घटनामा १३ जनाको मृत्यु भएको छ । कम्तीमा पनि १०० जना घाइते भएका छन्। घटनामा संलग्न चार जना अातंकबादी प्रहरीद्वारा मारिएका छन् । एक पक्राउसमेत परेका छन् ।

प्राप्त खबरअनुसार कारबाट हमला गरिएपछि कारमै सवार रहेका एक हतियार धारी व्यक्ति रेष्टुरेण्टमा छिरेका थिए । प्रहरीले यसलाई पूर्ण आंककारी हमला भनेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

त्यहाँका प्रान्तीय गृहमन्त्री जोकिम फोर्नले घटनामा मारिनेको संख्या अझै बढ्न सक्ने बताएका छन् । क्षेत्रीय क्याटेलन पुलिसकाअनुसार घाइतेहरुमध्ये १० जनाको अवस्था गम्भीर रहेको छ । घटनाको जिम्मेवारी अाईसअाईसले लिएको छ । यसको पुष्टि पनि अाईसअाईएसकै समाचार एजेन्सीले गरेको जनाइएको छ ।

प्रकाशित मिति: २ भाद्र २०७४, शुक्रबार

प्रतिक्रिया दिनुहोस्