सुनको भाउ एकै दिन पाँच सय रुपैयाँले बढ्यो


 



काठमाडौं, भदौ १
बजारमा आज (विहीबार) सुनको मूल्य एकै दिन तोलामा पाँच सय रुपैयाँले बढेको छ । आज सुन प्रतितोला ५५ हजार पाँच सय रुपैयाँ पुगेको छ । हिजो (बुधबार) सुन प्रतितोला ५५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला सात सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्