नेपाल प्रहरीका १९० डीएसपीको सरुवा, को कहाँ ? (सूचीसहित)


 



काठमाडौं, भदौ १
नेपाल प्रहरीले १ सय ९० प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले बिहीबार नै आजदेखि लागू हुने गरि डीएसपीहरुको सरुवा गरिएको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले सरुवा गरेको सूचीअनुसार राजधानीका महानगरीय प्रहरी वृत्तहरु मध्ये सिंहदरबारमा अपिलराज बोहरा, गौशालामा अनुपम श्रेष्ठ, बौद्धमा अच्युतमप्रसाद पुडासैनी, चापागाउँमा आभुषण तिम्सिना, स्वयम्भूमा किशोरकुमार श्रेष्ठ सरुवा भएका छन् ।

त्यस्तै, दरबारमार्गमा तिलक भारती, लैनचौरमा दीपक पोखरेल, जगाती भक्तपुरमा दीपक श्रेष्ठ, कमलपोखरीमा कुलदिप चन्द, बालाजुमा नवीनकृष्ण भण्डारी, थिमिमा प्रज्वल महर्जन, कालिमाटीमा प्रदीपबहादुर क्षेत्री, सातदोबाटोमा विनोद सिलवाल, जनसेवामा मोहन कुमार थापा, थानकोटमा महेन्द्र नेपाल सरुवा भएका छन्।

सरुवा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्…

 

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्