दुर्घटनामा कांग्रेस नेता खड्काको मृत्यु


 


झापा, भदौ  १

मोटरसाइकल दुर्घटनामा परी नेपाली काँग्रेसका मेचीनगर नगर सभापति पवन खड्काको मृत्यु भएको छ ।

झापाको मेचीनगर नगरपालिका–५ निवासी सभापति खड्का तीन दिनअघि मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते हुनुभएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, झापाले जनाएको छ ।

मे ७ प १४६१ नम्बरको मोटरसाइकलमा सवार उहाँको गएराति उपचारकै क्रममा बिर्तामोडस्थित बिएण्डसी हस्पिटलमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्