भारतीय र चिनिया सेनाबीच झडप ! युद्धको संकेत हो ?


 


श्रीनगर, भदौ १
भारत र चीनको सीमामा दुई देशका सेनाबीच झडप भएको छ । पश्चिम हिमालय क्षेत्रको लद्दाखस्थित लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) मा दुई देशका सेनाबीच मंगलबार ढुंगा हानाहान भएको भारतीय अधिकारीहरूले जानकारी दिएका छन् ।

प्याङगोङ तालनजिकैको भारतीय भूमिमा चिनियाँ सेना प्रवेश गरेपछि दुवै देशका सेनाले एक–अर्कालाई हतियार ताक्ने प्रयास गरेका थिए ।  अाजको नयाँ पत्रिकामा खबर छ ।

सिक्किम, भुटान र तिब्बतको दोकलाममा विवाद बढिरहेकै वेला जनमुक्ति सेनाले भारतीय सेनालाई थप चुनौती दिएको छ । तिब्बतबाट भारततर्फ बढिरहेको चिनियाँ सेना सीमामा रहेको ताल कटेर आउने क्रममा झडप भएको हो ।

तालको दुईतिहाइ भाग चीनले ओगटेको भारतले दाबी गरेको छ । ‘चीनका जनसेना भारत अधीनस्थ फिंगर ४ र फिंगर ५ तर्फ बढेपछि दुई देशका सेनाबीच झडप भएको छ । दुवै देशका सेनाबीच ढुंगा हानाहान भएको छ,’ भारतीय अधिकारीको भनाइ उद्धृत गर्दै दी टाइम्स अफ इन्डियाले जनाएको छ ।

ढुंगा लागेर दुवै देशका सेना सामान्य घाइते भएका छन् । चीनको अतिक्रमणबाट जोगाउन मानव सिक्री बनाउनुपरेको भारतीय सेनाका अधिकारीहरूले बताएका छन् ।

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्