बाढीपीडितलाई कुहिएको चामल, राहत सामग्री गुणस्तरहिन


 


राजविराज, भदौ १
बाढी पीडितलाई राहत दिने नाममा कमसल, अखाद्य र म्याद गुज्रेका सामग्री वितरण भईरहेको भन्दै सप्तरीका वाबी प्रभावित सर्वसाधारणले गुनासो गरेका छन् ।

एनजिओ देखि जिल्ला दैविप्रकोप उद्वार समितिले वितरण गर्ने राहत सामग्री समेत गुणस्तरहिन हुने गरेको उनीहरुको गुनासो छ । नेपाल समाचारपत्रमा खबर छ ।

यसैविच मंगलवार मात्रै महुली सामुदायिक विकास केन्द्रले सप्तकोशी नगरपालिकामा म्याद गुज्रेको पानी छान्ने क्लोरिन वितरण गरेको फेला परेको छ । सप्तकोशी नगरपालिका वडा नं। ३ स्थित सखुवनी टोलमा वितरीत किट सेटमा म्याद गुज्रेको क्लोरिन फेला परेको समाजसेवी चन्द्रशेखर चौधरीले वताएका छन् । ‘सर्वसाधारणले गुनासो गरेपछि हेर्दा वास्तवमै म्याद गुज्रेसको पाईयो’– चौधरीले भने ।

समस्यामा परेका सर्वसाधारणलाई सहयोग गर्ने नाममा स्व–प्रचार गर्न खोज्ने एनजिओका कारण सर्वसाधारणको ज्यानै जोखिममा पार्ने काम भईरहेको भन्दै उनले यस्ता गतिविधि तत्काल रोक्न र राहत वितरणलाई ब्यवस्थित गर्न उनले माग पनि गरेका छन् ।

प्रहरी चौकी फत्तेपुरका सई वलवहादुर खत्रीले समेत राहत वितरणमा भईरहेको वदमासीको पुष्टि गरेका छन् । महुली सामुदायिक विकास केन्द्रलेले सप्तकोशी नपा ३ का १२० घरमा वितरण गरेको क्लोरिन म्याद गुज्रेको फेला परेपछि प्रयोगमा रोक लगाईएको उनले जानकारी दिए ।

संस्थाको खुल्ला दिशामुक्त अभियानका संयोजक पुहुपनारायण चौधरीले हतारका कारण त्रुटि भएको स्विकार्दै म्याद गुज्रेको क्लोरिन प्रयोग नगर्न आग्रह सहित तत्कालै फिर्ता लिने काम पनि सुरु गरिएको वताए । उक्त किट सेट युनिसेफको सहयोगमा वितरण गरिएको हो । ‘हतारमा किट सेट वितरण गरियो, यस्तो समस्या आउला भन्ने हेक्का नै रहेन’ चौधरीले भने–‘जव हामीले म्याद गुज्रेको क्लोरिनका वारेमा जानकारी पायौं, तत्कालै प्रयोगमा रोक लगाएर कलेक्सन पनि सुरु गरीसकेका छौं ।’

यता, जिल्ला दैवि प्रकोप उद्वार समितिले समेत कुहिएको र गन्हाउने चामल वितरण गरेको भन्दै हनुमाननगर कंकालिनी नगरपालिका स्थित कुशाहा टोलका वाढि पीडितले गुनासो गरेका छन् । राहतलाई ब्यवस्थित गर्ने र अखाद्य वस्तु किनवेचमा रोक लगाउने समितिवाट नै यस्ता सामग्री वितरण गर्नु दुर्भाग्यपुर्ण भएको उनीहरुको गुनासो छ ।

यता, जिल्ला विपद ब्यवस्थापन समितिका कार्यक्रम संयोजक राजेश झाले राहत सामग्री भण्डारण गरिएको रेडक्रशको गोदाममा पानी पसेकाले चालम भिजेको हुन सक्ने आशंका ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: १ भाद्र २०७४, बिहिबार

प्रतिक्रिया दिनुहोस्