खाल्डोमा जमेको पानीमा डुबेर थप एक बालिकाको मृत्यु


 


 

चितवन, साउन ३२
रौतहटमा सडक निर्माणका क्रममा बनेको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका ३ जना बालबालिकाहरुको मृत्यु भएको खबर सेलाउन नपाउँदै पर्सामा पनि त्यसैगरि एक बालिकाको मृत्यु भएको छ।

पर्सा जिल्लाको सुवर्णपुर गाँउपालिका–२ हनुमाननगरमा सडक निर्माणका क्रममा बाटोमा बनेको खाल्डोमा जमेको पानीमा डुबेर आठ वर्षीया बालिका कृपा बस्नेतको मृत्यू भएको हो ।

बाढी पीडितका लागि राहत वितरण गर्न ठोरी पुगेको हेलिकप्टर हेर्न जाने क्रममा खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ।

प्रकाशित मिति: ३२ श्रावण २०७४, बुधबार

प्रतिक्रिया दिनुहोस्